काटमाडौं – नेपाल प्रहरीले केही समय अघि १८ अर्ब हुण्डीको रकम ई–मनी बनाउँदै वैध च्यानलमा ल्याउने २१ जना पक्राउ गर्यो । यो समूह देशका विभिन्न जिल्लामा फैलिएर दुई वटा मोबाइल वालेटमार्फत हुण्डीको अवैध रकमलाई वैध बनाउँदै औपचारिक च्यानलमा ल्याउन सक्रिय रहेको पाइएको थियो ।
यससँगै, हुण्डीको अवैध धनलाई वैध बनाउन बनाइएको ई–मनी के हो भन्ने प्रश्न उठ्न थालेको छ । खासगरी, मोबाइल वालेटहरूको प्रयोग गरी कारोबार गरिने रकम नै ई-मनी हो । ई-मनीको कुनै भैतिक स्वरूप हुँदैन । भौतिक रकमलाई बैंक वा मोबाइल वालेटको माध्यमबाट ई- मनीमा रूपान्तरण गर्ने गरिन्छ ।
ई–मनी हाम्रो मोबाइलमा हुन्छ, जसले गर्दा कारोबार गर्न सहज बनाउँछ । डिजिटल वालेटहरू र बैंक तथा वित्तीय संस्थाका वालेटहरूका माध्यमबाट ई-मनी कारोबार हुने गर्छ । नेपालमा इसेवा, खल्ती, आइएमी पे जस्ता वालेटमा लोड गरिने रकम नै ई–मनी हो ।
ई-मनीको कुनै भैतिक स्वरूप हुँदैन । भौतिक रकमलाई बैंक वा मोबाइल वालेटको माध्यमबाट ई- मनीमा रूपान्तरण गर्ने गरिन्छ ।
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार भौतिक रकम र चेकको माध्यमबाट भुक्तानी गर्दा समय लाग्छ । यही कारण, छिटो, छरितो र सुरक्षित तवरले काम गर्नका लागि सर्वसाधारणको प्राथमिकतामा ई-मनी पर्न थालेको छ । तुरुन्त रकम आवश्यक पर्दा पनि यसको माध्यमबाट सजिलोसँग भुक्तानी गर्न सकिन्छ । वालेटहरूको माध्यमबाट एक दिनमा १० लाख भन्दा बढी रकम ट्रान्सफर गर्न नपाइने व्यवस्था छ ।
रेमिट्यान्स हुण्डीमार्फत, वालेट कम्पनीमार्फत वैध
रोजगारीका लागि विदेश पुगेका नेपालीहरूले कमाएको रकम ‘रेमिट्यान्स’ कम्पनीमार्फत नेपाल पठाउने गर्छन् । तर, कतिपय अवस्थामा हुण्डी कारोबारीले सटही दरभन्दा बढी रकम दिँदै विदेशमा रहेका नेपालीको कमाई लिन्छन् र उनीहरूलाई नेपालबाटै भुक्तानी दिन्छन् ।
हुण्डी कारोबारको रकम पनि सहज रूपमा नै ई-मनीका रूपान्तरण हुन्छ ।
हुण्डी कारोबारीले विदेशमा लिने रकमको हिसाबकिताब कतै आउँदैन र नेपालमा उनीहरूले दिने रकम समेत वैध हुँदैन । तर पनि पाउनुपर्नेले रकम पाइरहेको हुन्छ । यसैगरी, हुण्डी कारोबारी गिरोहले विभिन्न माध्यमबाट १८ अर्ब रुपैयाँ हाराहारी रकम १८ वटा वालेटमार्फत रुपैयाँ वैध बनाएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ ।
कसरी बन्छ रेमिन्ट्यान्स ई-मनी
विदेशबाट पठाइएको पैसालाई विभिन्न रेमिन्ट्यान्स कम्पनीको माध्यमबाट भित्रने गर्छ । जुन, रकम सजिलै बैंक तथा वित्तीय संस्थाका मोबाइल वालेटहरूमा जम्मा गर्न सकिन्छ । पछिल्लो समय विदेशबाट पठाएको रकम सिधै ई-मनीका रूपान्तरण भइरहेका छन् । जसले गर्दा कारोबार गर्न सजिलो त भएको छ । तर, पनि विप्रेषण सिधै ई-मनीमा रूपान्तरण हुँदा डिजिटल वालेट अथवा मोबाइल वालेटका माध्यमबाट हुने आपराधिक घटना र हुण्डी कारोबार बापतको रकम ई-मनी बनाई कारोबार गर्नेको संख्या बढी रहेको छ ।
हुण्डी कारोबारको रकम पनि सहज रूपमा नै ई-मनीका रूपान्तरण हुन्छ । रेमिन्ट्यान्स कुनै बैंक तथा वित्तीय संस्थाका माध्यमबाट नपठाई सिधैं कोही व्यक्ति वा एजेन्टको माध्यमबाट कर नतिरी अवैध रूपमा एक मुलुकबाट अर्को मुलुकमा पठाउनु नै हुण्डी कारोबार हो । राष्ट्र बैंकबाट रेमिन्ट्रयान्स भित्र्याउने स्वकृति नपाएका कम्पनी र एजेन्सीहरुले रेमिन्ट्यान्स भित्र्याउने र उक्त रकमलाई डिजिटल वालेटको माध्यमबाट सिधै ई-मनीमा रूपान्तरण गरी कारोबार गर्ने गर्छन् । जसले गर्दा हुण्डी कारोबारको रकम पनि सहज रूपमा नै ई-मनीका रूपान्तरण हुन्छ ।



About Us
प्रतिक्रिया