गभर्नरको प्रश्नः बैंकबाट ऋण लिने अनि म तिर्दिनँ भन्न मिल्छ ? 

गभर्नरको प्रश्नः बैंकबाट ऋण लिने अनि म तिर्दिनँ भन्न मिल्छ ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिने अनि तिर्दिनँ भन्न मिल्छ ? भन्दै प्रश्न गरेका छन । कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभाको कार्यक्रममामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर आन्दोलन गर्नु अराजकता भएको बताएका छन । यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती थपिएको बताउँदै उनले भने, ‘म कुनै बैंकबाट ऋण लिन्छु । म ऋण वा ऋणको ब्याज तिर्दिनँ भनेर उभिन मिल्छ ? ऋण स्वीकार गरेर लिइएको हो । यस्ता अराजक कुराहरुलाई कसैले पनि प्रश्रय दिनु हुँदैन । यस्ता कुरा वित्तीय अपराध हो ।’

बैंकको अधिकांश कर्जा सार्वजनिक सम्पत्ति र सर्वसाधरणको निक्षेप भएकाले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता र वित्तीय स्थायित्वमा समस्या आउने र भविष्यमा थप चुनौतीहरु थपिँदै जाने उनले बताए । व्यवसायीहरूले बैंकको कर्जाको ब्याजदर महंगो भएको भन्दै त्यसविरुद्ध आन्दोलन गरिरहँदा गभर्नर अधिकारीले त्यस्ता कार्यलाई तत्काल रोक्नुपर्ने बताएका हुन । 

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढङगले जानुपर्ने र कृषि क्षेत्रको विकासका लागि कृषि विकास बैंकले नेतृत्व लिनुपर्ने बताए ।