बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस दोस्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड ८० लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा बैंकको खुद नाफा ८९ दशमलव २९ प्रतिशत बढी भएको हो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८३ करोड ८९ लाख खुद नाफा गरेको थियो ।
यस वर्ष बैंकको सञ्चालन नाफा ८९ दशमलव २० प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब १९ करोड रूपैयाँभन्दा बढी रहेको बैंकको सञ्चालन नाफा यस वर्ष २ अर्ब २६ करोड रूपैयाँभन्दा बढी भएको हो ।
बैंकको दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने २ अर्ब ८४ करोड ६९ लाख रूपैयाँभन्दा बढी छ । १३ प्रतिशत बोनस शेयरमार्फत बैंकको चुक्तापूँजी वृद्धि भई १० अर्ब ६९ करोड ८० लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।
बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ९ अर्ब ९० करोड रूपैयाँभन्दा बढी छ । गत वर्षभन्दा यस वर्ष बैंकले ४ दशमलव ६६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । बैंकले १ खर्ब ८० अर्ब ७९ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने १ खर्ब ५७ अर्ब ९२ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
गत वर्ष शून्य दशमलव २६ रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ५५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २९ रूपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२१ रूपैयाँ ३९ पैसा छ ।
प्रतिक्रिया