बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले विकास बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाएको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६२ करोड ६२ लाखभन्दा बढी नाफा कमाएको हो ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३ दशमलव ९६ प्रतिशत बढी हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६० करोड २४ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत वृद्धि भएको छ भने सञ्चालन नाफा ३ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । यस्तै, सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ६ करोड ३ लाखभन्दा बढी छ । १३ दशलमव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ४२ करोडभन्दा बढी पुगेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ अर्ब १८ करोड रिटेन्ड अर्निङमा रू. ६ करोड ३ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर रू. ९२ अर्ब १९ करोड कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशलमव ५१, मूल्य आम्दानी अनुपात २१ दशमलव ५३ गुणा, तरलता अनुपात २२ दशलमव ५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ९६ रहेको छ ।
प्रतिक्रिया