शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक शेयर आज माघ ६ गतेदेखि विक्रीमा आएको छ ।

कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर माघ १३ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यो शेयरको न्यूनतम मूल्य १५० रूपैयाँ तोकिएको छ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यस डेभलपमेण्ट बैंकको विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म यो शेयर खरीदको लागि माग गर्न सकिने व्यवस्था छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरेको थियो । सो अवधिमा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो । 

कम्पनीको यो शेयर प्राप्त गर्ने शेयरधनीहरूले माघ ६ गतेपश्चात कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।