काठमाडौं – पेट्रोलमा १ र डिजेल तथा मट्टीतेल ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटेकाे छ। नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी मूल्य घटेकाे जनाएको छ ।
मूल्य घटाएपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ५७ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ४२ रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ।



About Us
प्रतिक्रिया