यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)


काठमाडौं – मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्। आज सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८२ वैशाख २५ गते र ३१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको हो।  सत्य निरुपणको अध्यक्षमा महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छिन्। त्यस्तै आयोगका चार/चार जना सदस्य पनि नियुक्त गरेको छ।

त्यस्तै, वैशाख २५ मा बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका दुई नगरपालिका भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका ७ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्का २ बैठकले अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ।