बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका विभिन्न संस्थासँग समन्वय गरेको छ । बैंकले सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर काठमाडौंमा अवस्थित अल्फा केयर प्रा.लि. गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यि स्वास्थ्य संस्थाका सेवामा विशेष छुट हुने भएको छ ।
बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेडका सेवाहरुमा अधिकतम १५ प्रतिशत र अल्फा केयर प्रालिका सेवाहरुमा अधिकतम १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ललितपुरमा अवस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरमा अवस्थित अल्फा केयर गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको हो ।
प्रतिक्रिया