बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बेंकले जारी गरेको ९१ दिन अवधिको ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी विलको बोलकबोल आज गर्ने भएको छ । राष्ट्र बैंकले हिजो तय गरेको बोलकबोल सार्वजनिक विदाका कारण आज सारेको हो । ९१ दिन अवधिको यस ट्रेजरी विल २०८० बैशाख ५ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले आज मंगलबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल गर्नेछ । बोलकबोलमा सबै बैंक वित्तीय संस्थादेखि लिएर संगठित संस्था र सर्वसाधारणको समेत सहभागिता रहनेछ ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्छ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया