काठमाडौं – सरकारले तोकेको इजाजत दस्तुर र रोयल्टी बुझाउन नसकेका क्यासिनोहरूमध्ये पाँच वटा क्यासिनोको बक्यौता रकम १ अर्ब रुपैयाँ नाघेको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार पाँचवटा क्यासिनोको बक्यौता १ अर्ब ७८ करोड ५१ लाख ४९ रुपैयाँ रहेको हो ।
क्यासिनो रोयल्टी तथा इजाजत नवीकरणसम्बन्धी क्यासिनो नियमावली, २०७० को चौथो संशोधन २०७६ अनुसार नियम १० मा इजाजत दस्तुर तथा नियम १२ र १३ मा नवीकरण दस्तुरको व्यवस्था गरिएको छ । तर, वार्षिक रूपमा बुझाउनुपर्ने रोयल्टी नबुझाएका कारण अघिल्लो वर्षसम्म ६ क्यासिनोबाट जम्मा १ अर्ब ९५ करोड १६ लाख ४९ हजार रुपैयाँ बक्यौता थियो।
यस वर्ष तीमध्ये १ क्यासिनोबाट १६ करोड ६५ लाख रुपैयाँ असुल गरिएको छ । तर बाँकी ५ क्यासिनोले अझै पनि रोयल्टी र दस्तुर बुझाएका छैनन् । २ क्यासिनो हाल सञ्चालनमा छैनन् भने ३ क्यासिनो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार खारेज भएका हुन्।
प्रतिक्रिया