साबिक नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदान गरेको नगद लाभांश शेयरधनीको खातामा जम्मा

साबिक नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदान गरेको नगद लाभांश शेयरधनीको खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
साबिक नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि पारित गरेको ७ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ ।

गत पुस ७ गते सम्पन्न बैंकको ३६ औँ वार्षिक साधारणसभाबाट स्वीकृत नगद लाभांश बैंकले शेयरधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा जम्मा गर्न थालेको हो । गत मंसिर २० गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै जम्मा भइरहेको बैंकले जनाएको छ ।

नगद लाभांश पाउन आफ्ना शेयर प्रमाणपत्र हालसम्म अभौतिकीकरण नगरेका शेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्न बैंकले आग्रह गरेको छ ।

यदि शेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भई अरुको नाममा लाभांश रकम जम्मा भएमा सोको जिम्मेवारी सम्बन्धित शेयरधनी स्वयं हुने बैंकले स्पष्ट पारेको छ ।

इन्भेस्टमेन्ट बैंक र मेगा बैंक आपसमा मर्जर भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ ।