एनआईसी एशिया बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज मिति २०७९ पुस २९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा सम्पन्न भएको छ । 

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन÷थप गर्ने प्रस्ताव पारित गरेको छ । सो सभाले सर्वसाधारण शेयरधनी समूहको तर्पmबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्सालको नियुक्तीलाई अनुमोदन समेत गरेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।