बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकको लाभांश पारित भएको छ । बैंकको बिहीबार सम्पन्न २१औं वार्षिक साधारणसभाले बैंक संचालक समितिद्वारा प्रस्तावित १३.१६% लाभांश पारित गरेको हो । बैंकको सभा काठमाण्डौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको को १२.५० प्रतिशतका दरले हुन आउने एक अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैंया मात्र बराबरको बोनस शेयर र ०.६६ प्रतिशतका दरले हुन आउने आठ करोड २३ लाख ९७ हजार ५४५ रुपैंया बराबरको कर सहितको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख ५६ हजार रुपैँया रहेको छ ।
प्रतिक्रिया