नेपाल एसबिआई बैंक र नेपाल दुरसञ्चार कम्पनीले पठाए नगद लाभांश शेयरधनीको बैंक खातामा

नेपाल एसबिआई बैंक र नेपाल दुरसञ्चार कम्पनीले पठाए नगद लाभांश शेयरधनीको बैंक खातामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
दुई कम्पनीले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएका छन् । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल दुरसञ्चार कम्पनीले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिएका हुन । 

नेपाल एसबिआई बैंकले पुष २५ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट ७ दशमलव ५३ प्रतिशत नगद लाभांश शेयरधनीहरुको हितग्राही खाता उल्लेखित बैंक खातामा जम्मा गरिदिएको हो । कम्पनीले पुस २५ गते देखिनै आइपिएस मार्फत सम्बन्धित शेयरधनीहरुलाई निजहरुको बैंक खातामा पठाएको जानकारी दिएको छ । 

साथै कम्पनीले बोनस शेयर सुचिकृत भएपछि अभौतिक रुपमा शेयरधारण गरेका सम्बन्धित शेयरधनीहरुलाई हितग्राही खातामा र भौतिक रुपमा शेयर धारण गरेका सम्बन्धित शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराएपश्चात हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।

त्यसैगरी नेपाल दुरसञ्चार कम्पनीले पुष २८ गते सम्पन्न १५औं सभाबाट पारित भएको ४० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा पठाउन सुरु गरेको छ । कम्पनीले उक्त लाभांश शुक्रबारदेखि पुस १७ गते सम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा हुने कम्पनीले जनाएको छ । 

हालसम्म पनि शेयर अभौतिकरण नगराएका शेयरधनीले निक्षेप सदस्यकोमा गई हितग्राही खाता खोलि आफ्नो शेयर यथाशिघ्र अभौतिकरण गराउनु पर्नेछ । त्यसपछि हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराएपछि मात्र नगद लाभांश बापतको रकम बैंक खातामै जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।