बैंकिङ्ग समाचार, काठमाडौं ।
आज मिति २०७९ पौष २८ गते लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
प्रतिक्रिया