सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित


काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो। नीति तथा कार्यक्रमको विपक्षीहरूले विपक्षमा मतदान गरे भने सत्ता पक्षका सांसदले पक्षमा मतदान गरे। 

निर्णयनाथ प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रममाथि वैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्‍मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते संघीय संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ।