हिमालयन बैंकले संचालनमा ल्यायो ७ वटा क्यास डिपोजिट मेसिन

हिमालयन बैंकले संचालनमा ल्यायो ७ वटा क्यास डिपोजिट मेसिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सहजता र सुबिधालाई मध्य नजर गर्दै बैंकको विभिन्न शाखाहरुमा Cash Recycler Machine (CRM) संचालनमा ल्याएको छ । हाल बैंकले सातवटा Cash Recycler Machine (CRM) बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ । 

यस Cash Recycler Machine (CRM) बाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना ATM कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ । 

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० ATM र ६,००० भन्दा बढी POS Terminals बाट सेवा प्रदान गर्दै आएको छ ।