बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकमा गाभिएपछि सेञ्चुरी बैंकका ग्राहकहरुको खाता नम्बर पनि परिवर्तन भएको छ । साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको बैंकले जनाएको छ । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेका प्रभु र सेञ्चुरी बैंकको बैंकिङ्ग कारोबार प्रभु बैंकको नामबाट हुनेछ ।
साविक सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर १२ अंङ्कको थियो । अब उनिहरुको खाता नम्बर १६ अंकको भएको छ । उक्त परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ्ग लगइन गरि थाहा पाउन सकिने बैंकले जनाएको छ । यदि मोबाइल र इन्टरनेट बैंकिङ्गको सुविधा लिएको छैन भने उक्त ग्राहकहरुले प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरि थाहा पाउन सक्ने छन् ।
प्रतिक्रिया