बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले बागमती काठमाडौं जिल्लास्थित वडा नं. २५ मा रहेको जनबाहल, भेडासिंहमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा पुस २५ गतेबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त समारोहको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोले गरेका हुन् । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।
बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएकाे छ ।
प्रतिक्रिया