कृषि विकास बैंकको लाभांश घोषणा, नगद र बोनस शेयर कति ?

कृषि विकास बैंकको लाभांश घोषणा, नगद र बोनस शेयर कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको आज विहान बसेको सञ्चालक समितिको बैठकले चुक्त पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो, जसमध्ये २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनानफाबाट चुक्ता पूँजी १३ अर्ब १८ करोडको २ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ ।

त्यसैगरी, बैंकले अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा पनि गरेको छ ।