एनएमबि बैंकको २७औं साधारण सभा सम्पन्न, नगद लाभांश प्रस्ताव पारित

एनएमबि बैंकको २७औं साधारण सभा सम्पन्न, नगद लाभांश प्रस्ताव पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा सोमबार बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ८.२५ प्रतिशत नगद लाभांश घाेषणा गरेकाे थियाे । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा र १८२.०९ अर्ब रहेको छ ।