समृद्धि फाइनान्सका प्रतिनिधि सञ्चालक अधिकारीले दिए राजीनामा


काठमाडौं– समृद्ध फाइनान्स कम्पनीका प्रतिनिधि सञ्चालक सुजन अधिकारीले राजीनामा दिएका छन् । कम्पनीको संस्थापक शेयरधनी नेपा पेट्रोलियम ट्रड लिङ्गस् पाइभेट लिमिटेडको तर्फबाट प्रतिनिधि गर्दै आएका अधिकारीले व्यक्तिगत कारण देखाइ राजीनामा दिएका हुन् ।

अधिकारीकाे राजीनामा २५ गतेदेखि स्वीकृत हुनेगरी सञ्चालक समितिको ५१८ औं बैठकले स्वीकृत गरेको छ । साथै, कम्पनीले बाँकी कार्यकालका लागि साे पदमा रोशन पन्तलाई नियुक्त गरेको छ ।