समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा मिश्र 


काठमाडौं – समृद्धि फाइनान्स कम्पनीको स्वतन्त्र सञ्चालकमा अजय कुमार मिश्र नियुक्त भएका छन् । कम्पनीको वैशाख  २५ गते बसेको सञ्चालक समितिको ५१८ औँ बैठको निर्णय अनुसार मिश्र सो पदमा नियुक्त भएका हुन् ।

 बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ बमोजिम मिश्रलाई कम्पनीले सो पदमा नियुक्त गरेको हाे ।