नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको बैंकिङ्ग सेवा पुस २५ र २६ गते पुर्णरुपमा अवरुद्ध हुने

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको बैंकिङ्ग सेवा पुस २५ र २६ गते पुर्णरुपमा अवरुद्ध हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंककाे एकिकृत काराेबार पुस २७ गते हुने भएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २७ गते बुधबार तय भएको जानकारी दिएको हो ।

साथै पुस २७ गतेबाट एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २५ र २६ गते सबै सेवाहरू अवरुद्ध हुने दुवै बैंकले जनाएका छन् । 

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै बैंक मर्जर भएपछि अब नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । पुस ७ गते सम्पन्न साधारण सभाले पनि दुवै बैंकलाई मर्जर हुने प्रस्ताव पारित गरेको थियो । 

इन्भेष्टमेण्ट र मेगा बैंकले मंसिर १३ गते गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १००ः९० अनुपातमा मर्जर भएका हुन् । अब मेगा बैंकका १०० कित्ता शेयर हुने शेयरधनीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्तापूँजी रू. १८ अर्ब ३० करोड छ भने मेगा बैंकको रू. १६ अर्ब १२ करोड छ ।