गरिमा विकास बैंकको १६औं साधारण सभा सम्पन्न, १४.५% लाभांश पारित

गरिमा विकास बैंकको १६औं साधारण सभा सम्पन्न, १४.५% लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकको १६ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैंकको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार रुपैयाको १३ प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९ करोड ६८ लाख १३ हजार र १.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन समेतका लागि) रु. ६ करोड ८८ लाख ६३ हजार गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६ करोड ५६ लाख ७६ हजार लाभांस प्रस्ताव पारित भएको छ । 

यस पश्चात, यस विकास बैंकको चुक्ता पुजीँ रु ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार पुग्ने छ । 

त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।