बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत् सामाजिक सञ्जालमा अकाउन्ट बनाएर कुनै पनि खेल भइरहेको समयमा त्यो खेलको पक्ष वा विपक्षमा नाफा कमाउने उद्देश्यले लगाइने बाजी हो। वान एक्स बेट जस्ता बेटिङ एप डाउनलोड गरेर अकाउन्ट बनाएपछि डिजिटल वालेटहरूमा दिइएको नम्बरमा सट्टाबाजी गर्ने रकम भुक्तानी गरिन्छ।
डिजिटल भुक्तानी प्रणाली सुरु हुनुभन्दा अघि अनलाइन बेटिङ सहज थिएन किनकि देशबाहिर पैसा भुक्तानी गर्न विदेशी कार्डबाट भुक्तानी गर्नुपर्थ्यो। त्यसको लागि दुईवटा माध्यम हुन्थ्यो। विदेशमा बस्ने नेपालीलाई भुक्तानी गर्न लगाउने वा उनीहरूको कार्ड प्रयोग गर्ने।
नेपाल राष्ट्र बैंकअनुसार अहिले ३७ वटा भुक्तानी प्रणालीसम्बन्धी काम गर्ने डिजिटल कम्पनी छन्। “हामीले नीति बनाइदिने हो तर त्यस्ता डिजिटल कम्पनीहरूको कारोबारको नियमन उनीहरूले नै गर्नुपर्छ। केही समयअघि हामीले उनीहरूलाई आफ्नो सम्पूर्ण कारोबारप्रति सतर्क भएर काम गर्न निर्देशन दिएका छौँ,” नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने।
कसरी सुरु गरियो अनलाइन बेटिङको अनुसन्धान ?
प्रहरीले कुनै उजुरी परेर कसैलाई पक्राउ नगरेको बताएको छ। अनलाइन बेटिङ गराउनेहरूले लक्षित समूहसम्म पुग्नका लागि खेलाडीहरूको तस्बिर राखेर विज्ञापन गरेका थिए। त्यही विज्ञापन देखेपछि प्रहरी उपरीक्षक कृष्ण कोइरालाको टोलीका केही सदस्यले एप्लि केसनमा अकाउन्ट बनाए र भुक्तानी प्रणाली बुझे। “हामीले जबमा एकाउन्ट बनाएर केही रकम बेटिङ गर्यौ त्यसपछि थाहा पायौं कि ई सेवा खल्ती जस्ता डिजिटल एप मार्फत कुनै नम्बरमा पैसा ट्रान्सफर गरिन्छ। अनि तिनै नम्बरहरू ट्र्याक गर्दै हामी बेटिङको एजेन्टसम्म पुग्यौँ। त्यो डिजिटल वालेट चाहिँ विभिन्न व्यक्तिका नागरिकता फर्जी गरेर निकालिएको सिम कार्डबाट सञ्चालित भएका रहेछन्।”
यो रोक्नका लागि मुख्य समस्या के हो ?
प्रहरीका अनुसार यो गैरकानुनी काम फैलनुको मुख्य कारण बजारमा सहजै उपलब्ध हुने सिम वितरण प्रणाली नै हो। “सिम वितरकहरूले कुनै प्रमाणीकरणबिना जो सुकै व्यक्तिलाई पनि सिम कार्ड दिने पाइएको छ। नेपालको कानुनअनुसार वितरक जिम्मेवार हुन पर्दैन। जब सम्म सेवा प्रदायकका लागि कडा कानुन बन्दैन यो सम्बोधन गर्न गाह्रो छ” प्रहरी उपरीक्षक कृष्ण कोइराला बताउँछन्।
प्रहरीका लागि अर्को गाँठो भनेको पक्राउ परेका व्यक्तिहरूभन्दा माथिको तहमा पुग्नु हो। कोइरालाका अनुसार यो काम भर्चुअल भएका कारण त्यहाँसम्म पुग्न मुस्किल छ किनकि “समातिएका व्यक्तिहरूले दिएको नाम र नम्बरबाट हामीले फेसबुक र वाट्सएपलाई सम्पर्क गर्यौँ तर अहिलेसम्म जबाफ पाएका छैनौँ।”
प्रविधिमार्फत् हुने अपराधविरुद्ध कानुनको अभावस् गोपनीयता हनन र सूचनाको भरमा सजाय
प्रविधिमार्फत् हुने अपराधविरुद्ध कानुन नहुँदा गोपनीयता हनन र सूचनाको भरमा सजाय
यो अनलाइन ठगी हुन्डीसँग कसरी जोडिएको छ ?
आदर्श ठाकुर र सुजन गौलीजस्ता व्यक्तिले बेटिङमार्फत् जम्मा गरेको रकम हुन्डीसँग जोडिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
जस्ता कम्पनीहरूको सञ्जाल कुनै हुन्डीवालासँग हुने जसले नेपालमा पठाउनु पर्ने पैसा बाहिर देशमा लिइरहेका हुन्छन् र आदर्श ठाकुर र सुजन गौलीजस्ता व्यक्तिले सङ्कलन गरेको रकम नेपालका विभिन्न बैंक अकाउन्टहरूमा जम्मा गर्न भनिन्छ।
यता नेपालीहरूले विदेशबाट आफन्त तथा साथीभाइले पैसा पठाए भनेर बुझ्छन्। यो अनलाइन ठगी हुन्डीमा गएर जोडिन्छ।
वीवीसी बाट
प्रतिक्रिया