विदेशबाट मोबाइल ल्याउन पाउने, २ भन्दा बढी ल्याए विभागले जफत गर्ने

विदेशबाट मोबाइल ल्याउन पाउने, २ भन्दा बढी ल्याए विभागले जफत गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले विदेशबाट ल्याउँने मोबाइल विमानस्थलको भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालको लागि स्थगित भएको छ । विमानस्थल भन्सार कार्यलयलाई आज (पुष १५) बाट जारी गर्ने भनिएको उक्त प्रज्ञापनपत्र हाललाई जारी नगर्न निर्देशन दिएको छ ।

प्रधामन्त्री पुष्षकमल दाहाल प्रचण्डले अर्थमन्त्रीलाई हाल सो कामलाई रोक्न निर्देशन दिएका थिए । अब विदेशबाट मोबाइल ल्याउँन पाउने भएका छन् । साथै, विदेशमा रहेका नेपालीहरुले सरकारले मोबाइल ल्याउँन प्रतिबन्ध गरेपछि ‘नो रेमिट्यान्स’ अभियान नै सञ्चालन समेत गरिएको थियो ।  

तर २ वटा भन्दा बढी मोबाइल ल्याएको खण्डमा भन्सारले जफत गर्ने नियम भने विद्यमान रहेको छ ।