बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले प्रिमियम बढाएर ऋणीमार्फत उठाएको रकम फिर्ता गर्न सम्बन्धीत बैंकहरुलाई सूचित गरेको छ । जसमा वाणिज्य बैंकहरुले नियम विपरित उठाएको ३ अर्ब रुपैंया सम्बन्धीत ऋणीको खातामा हाल्न यस अघि नै केन्द्रिय बैंकले सम्पूर्ण वाणिज्य बैंकहरुलाई सूचित गरेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार यसरी सबैभन्दा बढी ऋणीलाई प्रिमियम बढाउने काम एनआईसी एशिया बैंकले गरेको देखिएको छ ।
एनआईसी एसिया बैंकले ४८ करोड रूपैयाँ बढी ऋणीबाट प्रिमियम बढाएर असुल गरेको भेटिएको थियो ।
एनआईसी एसिया
एनआईसी एसियाले ४८ करोड रूपैयाँ ऋणीलाई फिर्ता गर्नुपर्छ ।
सबैभन्दा कम ग्राहकलाई फिर्ता गर्नुपर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । चार्टर्डले ४० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ ।
नबिल बैंक
नबिल बैंकले ऋणीबाट ४७ करोड रूपैयाँ असुल गरेको थियो । नबिल बैंकले नियम विपरीत बढाएको प्रिमियम ऋणीलाई ४७ करोड फिर्ता गर्नुपर्छ ।
ग्लोबल आइएमइ बैंक
ग्लोबल आइएमइ बैंकले ४५ करोड रुपैयाँ ऋणीलाई फिर्ता दिनुपर्छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ ऋणीबाट बढी असुल गरेको राष्ट्र बैंकले भेटाएको थियो । ऋणीलाई सिद्धार्थले ३२ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ ।
बैंक अफ काठमाडौं
बैंक अफकाठमाडौंले २६ करोड फिर्ता गर्नुपर्ने छ ।
प्राइम बैंक
प्राइम बैंकले २६ करोड फिर्ता गर्नुपर्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले २४ करोड ५० लाख रूपैयाँ ऋणीलाई फिर्ता गर्नुपर्ने छ ।
कुमारी बैंक
कुमारी बैंकले २० करोड रुपैयाँ, फिर्ता गर्नुपर्ने भएको छ ।
सनराइज बैंक
सनराइज बैंकले १९ करोड १० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले १६ करोड ३० लाख, एभरेष्टले १५ करोड ४० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । नेपाल बैंक तथा प्रभु बैंकले १५ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले १३ करोड ३० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ । हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट तथा सिटिजन्स बैंकले १२ करोड फिर्ता गर्नुपर्ने देखिएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख रूपैयाँ तथा सिभिल बैंकले ११ करोड २० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ ।
सानिमा बैंक
सानिमा बैंकले ११ करोड ऋणीहरुलाई फिर्ता गर्नुपर्ने छ ।
मेगा बैंक
मेगा बैंकले ११ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले ८ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने छ ।
एसबिआई बैंक
एसबिआई बैंकले ६ करोड ७५ लाख रूपैयाँ, सेञ्चुरी बैंकले ६ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार कतिपय बैंकले पैसा फिर्ता गर्न सुरू गरिसकेका छन् । बैंकले ग्राहकको खातामा पैसा फिर्ता गर्ने वा किस्ता तिर्ने बेलामा मिलान गर्न सक्नेछन् ।
प्रतिक्रिया