वर्षेनी बढ्दैछ रेमिट्यान्स आप्रवाह, जीडीपीको तुलनामा २६ प्रतिशत भित्रिने सरकारको प्रक्षेपण


काठमाडाैं – चालु आर्थिक वर्ष २०८१/८२ मा कुल ग्राहस्थ उत्पादन (जीडिपीमा) रेमिट्यान्सले २५ दशमलव ८९ प्रतिशत प्राप्त हुने आँकलन गरिएकाे छ । राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार राष्ट्रिय लेखा सम्बन्धी वार्षिक तथ्यांक सार्वजनिक गर्दै साे अनुमान गरेकाे हाे ।

कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा जीडिपीकाे २५.३२ प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरेकाे थियाे । यस्तै, २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा जीडिपीको २३.१२ प्रतिशत भित्रिएको थियो ।