क्यासिनोमा होटलको १० प्रतिशत शेयर स्वामित्व हुनैपर्ने

क्यासिनोमा होटलको १० प्रतिशत शेयर स्वामित्व हुनैपर्ने


काठमाडौं – अबदेखि आफ्नो परिसरमा क्यासिनो चलाउन दिने होटेलले अनिवार्य कम्तीमा १० प्रतिशतको शेयर लगानी गरेको हुनैपर्ने भएको छ । राष्ट्रिय सभामा दर्ता भएको पर्यटन ऐन २०८१ विधेयकमार्फत् यस्तो व्यवस्था गर्न लागिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन ऐन २०८१ राष्ट्रिय सभामा यही वैशाख ५ गते दर्ता गराएका छन् । साथै, ऐनले २४ घण्टा घर छोडेर बाहिर भ्रमणमा निस्कनेलाई आन्तरिक पर्यटकको रुपमा परिभाषित गरेको छ ।

यस्तै, इजाजतपत्र नलिइ होटल तथा रिसोर्ट सञ्चालन गरेमा सरकारले ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । हाल इजाजतपत्र नलिइ होटल सञ्चालन गर्दा कुनै जरीवानाको व्यवस्था नै छैन् ।