काठमाडौं – साताको ५ कारोबार सकिएसंगै नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा भारी अंकको गिरावट देखिएको छ । यो सातामा मात्रै नेप्से परिसूचकमा ६४ दशमलव ६९ अंकको गिरावट आएको हो । साताको ५ दिन कारोबार हुँदा ४ दिन लगातार घटेको नेप्सेमा एक दिन भने झिनो अंकको वृद्धि देखिएको थियो ।
यस साता नेप्सेमा ३९ अर्ब माथिको कारोबार रकम पुग्दा नेप्से परिसूचक भने सन्तोषजनक देखिएन । गत साता ४ दिन मात्रै कारोबार हुँदा पनि नेप्से परिसूचकमा ५२ दशमलव ११ अंकको वृद्धि देखिएको थियो । यो साताको पहिलो कारोबारको दिन (आईतबार) १६ दशमलव ६८ अंकको गिरावट आउदा बजार २७ सय ७ दशमलव ४ को बिन्दुमा पुगेको थियो ।
यस दिन नेप्सेमा ८ अर्ब १२ करोड ८५ लाख ८१ हजार ७ सय ३० रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, सोमबार ७ दशमलव ७५ अंकले बजार घट्दा ८ अर्ब ५० करोड ८३ लाखभन्दा माथिको कारोबार रकम पुगेसँगै बजार २६ सय ९८ दशमलव २८ को बिन्दुमा बन्द भएको हो ।
साताको कारोबारमा तेस्रो दिन (मंगलबार) ९ दशमलव ९६ अंकको गिरावट आएको थियो । यससँगै बजार २६ सय ८८ दशमलव ३२ को बिन्दुमा बन्द हुँदा कारोबार रकम ७ अर्ब ९२ करोड २७ लाख भन्दा माथि पुगेको हो । मंगलबार घटेको बजार बुधबार पनि भारी अंकले घटेको हो ।
यस दिन नेप्से परिसूचकमा ३२ दशमलव ३८ अंकको गिरावट आएको थियो । दोहोरो अंकको गिरावट देखिदा बजार २६ सय ५५ दशमलव ९४ को बिन्दुमा रोकिएको नेप्सेमा कारोबार रकम भने ७ अर्ब ४२ करोड ७१ लाख भन्दा बढी पुगेको थियो । लगातार ४ दिन घटेको बजार साताको अन्तिम कारोबारको दिन (बिहिबार) भने झिनो अंकको वृद्धि देखिएको छ ।
यस दिन नेप्सेमा २ दशमलव ८ अंकको वृद्धि आउदा बजार २६ सय ५८ दशमलव २ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । यस दिन ७ अर्ब ६५ करोड ९६ लाख बराबरको कारोबार भएको थियो । गत साताको तुलनामा यस साता ६ अर्ब भन्दा बढिको कारोबार भएको देखिन्छ । गत साता ४ दिन मात्रै कारोबार हुँदा कारोबार रकम ३३ अर्ब माथि पुगेको थियो भने यस साता साताको ५ चै दिन कारोबार हुँदा ३९ अर्ब माथि कारोबार भएको छ ।
प्रतिक्रिया