न्यूनतम पुँजीकोष अनुपात कायम नगर्दा राष्ट्र बैंकको कारबाहीमा जानकी फाइनान्स

न्यूनतम पुँजीकोष अनुपात कायम नगर्दा राष्ट्र बैंकको कारबाहीमा जानकी फाइनान्स


काठमाडौं – जानकी फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ । फाइनान्स कम्पनीले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।

नेपाल राष्ट्र बैंकले २०८१ मंसिर मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम कायम नगरेको उल्लेख गरेको छ । राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात मापदण्डअनुसार नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावलीअनुसार कारबाही गर्दै आएकोमा जानकीलाई पनि सोहि बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारबाहीहरु गरेको हो ।