एनएमबि बैंकको साधारण सभा पुस २५ मा बस्दै, ८.२५% नगद लाभांश प्रस्ताव पारित गर्ने

एनएमबि बैंकको साधारण सभा पुस २५ मा बस्दै, ८.२५% नगद लाभांश प्रस्ताव पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले २७औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । एनएमबि बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । बैंकको मङ्सिर २८ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभासम्बन्धी निर्णय गरेको हो । बैंकले पुस २५ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ७५ हजारको ८.२५ प्रतिशत (कर प्रयोजनार्थ सहित) का दरले नगद लाभांश वितरण गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ११ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।