विज्ञहरु भन्छनः ब्याजदरवृद्धिको महासंग्राम कसैको ‘मास्टर माइन्ड’ मा बनाइएको हो 

विज्ञहरु भन्छनः ब्याजदरवृद्धिको महासंग्राम कसैको ‘मास्टर माइन्ड’ मा बनाइएको हो 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
विज्ञहरुले चरम उत्कर्षमा पुगेको बैंक ब्याजदरविरुद्धको आन्दोलन र बैंकहरुको तरलता चापको समस्या अर्थतन्त्रको सामान्य नियम अनुरुप नभई कसैले आफ्नो ‘मास्टर माइन्ड’ लगाएर उत्पन्न गराइएको संज्ञा दिएका छन । बैंकिङ्ग समाचारले प्रस्तुत गर्ने अर्थ विशेष कार्यक्रममा बोल्दै पूर्व गर्भनर समेत रहेका अर्थशात्री डा. चिरञ्जीवी नेपालले हालको आर्थिक मन्दी बनावटी रहेको बताए । ‘अर्थतन्त्र मन्दीमा जान सुरु भएको हो । यो बनावटी हो । विश्वका अन्य मुलुकमा बाहिरी वातावरणले आर्थिक मन्दी हुन्छ भने नेपालमा बनाइएको हो ।’ उनी भन्छन, ‘केही हदसम्म विश्व परिवेशले असर पारेको हो । तर बजारमा आर्थिक गतिविधि कम हुनु भनेकै अर्थतन्त्र मन्दीतिर अगाडी बढ्न लागेको र आर्थिक क्रियाकलाप बन्द हुँदै गएको भन्ने बुझनुपर्छ । साथै बजारमा माग हुँदाहुँदै पनि पैसाको प्रवाह नै कम भएकोले यो एउटा ‘क्रिएटेड’ आर्थिक मन्दी हो ।’

\"\"
हुन त आर्थिक मन्दीको असर बैंकहरुमा ब्याजदरमा देखिएको हो पनि देखिरहेको छ । बैंकले डिपोजिट उठाउनकै बढि ब्याजदर निर्धारण गर्ने र अस्वस्थ प्रतिशपर्धा गर्नु आफैमा राम्रो मानिएको छैन । अझ राष्ट्र बैंकले पनि कसिलो मौद्रिक नीति प्रस्तुत गर्दै सबैलाई बाँध्ने प्रयास गर्नुलाई पनि शंकाको घेरामा टिप्पणी गर्न थालिएको छ । पछिल्लो समय राष्ट्र बैंकले गरेको हरेक निर्णयबाट बैक मात्रै नभएर ब्यावसायी समेत रुष्ट छन् । देशका विभिन्न ठाउँबाट बैंक बहिस्कार अभियान चलाउँदा समेत केन्द्रिय बैंकले ध्यान नदिएको र बैंकहरुले ब्याजदर बढाउँदा समेत राष्ट्र बैंक मौन रहेको भन्दै विभिन्न ब्यवसायीहरुले देशका कुना–कुनाबाट विरोध गरिरहेका छन । यता बैंकहरुको ब्याजदरकै कारण थुप्रै उद्योग–धन्दा, ब्यापार–ब्यवसाय समेत धरापमा परेको देखिन्छ । अझ चीतवनमा त वाणिज्य संघहरुले प्रत्रकार सम्मेलन नै गर्दै ब्याजदर विरुद्ध आन्दोलनै चर्काउने मिति घोषण तय गरिरहेका छन । उनीहरुका अनुसार सयौं उद्योगहरु बन्द हुने र हजारौंको संख्यामा रहेका कामदारहरुले रोजगार गुमाउने संघारमा पुगेको बताइरहेका छन ।

आन्दोलनमा नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघको साथै नेपाल अटोमोवाइल एसोसिएसनले समेत राष्ट्र बैंककै कारण वाणिज्य बैंक तथा वित्तिय संस्थाहरुले अनियन्त्रीत रुपमा ब्याजदर बढाएको भन्दै विरोध गरिरहेका छन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बैंकहरुले जथाभावी रुपमा ब्याजदर बढाएर व्यवसायीलाई ठगेको आरोप समेत लगाएका छन् । बैंकिङ्ग समाचारको नियमित कार्यक्रम बैंकिङ्ग बहसमा उनले यस्तो आरोप लगाएका हुन । उनी भन्छन, ‘ बैंक तथा वित्तिय संस्थाले हामी यो महिना ब्याजदर बढाउँदैनौं भन्छ तर राष्ट्र बैंकले भने १० प्रतिशत ब्याजदर बढाउ भन्छ । त्यसको प्रत्यक्ष असर हामी उद्योगी ब्यापारीलाई परेको छ ।त्यसैले पनि हामी व्यवसायीहरुलाई बैंकहरुले ब्याजदर बढाएर ठगेका छन ।’

\"\"
यता  नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्यायले आर्थिक नियमकै आधारमा ब्याजदर बढेको र यसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनी भन्छन्,‘हामीले मान्ने भनेको निर्देशन हो । नियमले दिएको विन्दु सम्म ब्याजदर बढ्ने हो भने कम्तिमा ९ प्रतिशत वा १० प्रतिशत अथात् कतिमा बैकहरुले ब्याजदर निर्धारण गर्ने हो त्यो बैंकहरुको इच्छा हो । यी समग्र कुरा देशको आर्थिक नियमकै आधारमा ब्याजदर बढेको हो ।’ यस्तै अर्थ विशेष कार्यक्रममा उपस्थित भएका पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीले बैंकले अत्याधिक मुनाफा मात्र कमाए भन्नु गलत बुझाई भएको औल्याएका छन् । उनी भन्छन, ‘बैंकहरुको ब्याजखर्च ७० प्रतिशत बढेको छ । ब्याज आम्दानी जम्मा ५७ प्रतिशतले बढेको छ । अर्थात् बैंकहरुको खर्च अनावश्यक रुपमा बढ्कै हो, त्यसैले ल्याण्ड्रिङ्गको रेट पनि बढ्यो तर जति बढ्नु पर्ने हो त्यति भने बढेको छैन । तर यो भनिरहदाँ व्यावसायीहरु मर्काेमा छैनन् भन्न खोजेको होइन । तर पनि बैंक तथा वित्तिय संस्थाले धेरै नाफा कमाए, लुटे, खाए भन्ने दावी चाही तथ्यांकले सहयोग गरेको छैन । त्यसैले बैंकहरुले अत्याधिक मात्रामा नाफा कमाए भन्नु चाही गलत हो ।’

यता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरिसकेको छ । ब्याजदरको सवालमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निर्धारण गरेको ब्याजदरलाई पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकहरुको स्पेडदर ४.४ प्रतिशत बाट ४ प्रतिशतमा घटाउने निकर्षमा राष्ट्र बैंक पुगेको हो ।