काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । केन्द्रीय बैंकले साविककै आकार तथा रंगमा नयाँ नोट बजारमा ल्याउने भएको हो ।
केन्द्रीय बैंककाअनुसार नयाँ ५ रुपैयाँका नोटमा नोटको बायाँतर्फ सगरमाथाको चित्र र नोटको दायाँतर्फ लालीगुराँसको पनि छाप रहेको बताएको छ ।
नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको वोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं २०८१ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया