काठमाडौं । नेपाल आयल निगमले ९ अर्ब ५५ कारोड नाफा आर्जन गरेको छ । चैत २९ गतेदेखि ४४औं वर्षमा लागेको निगमले आर्थिक वर्ष २०८०/८१ मा साढे ९ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको जानकारी दिएको हो ।
सो आर्थिक वर्षमा निगमले ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ किनेको थियो । यस्तै, सोही वर्ष निगमले ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।
एक आर्थिक वर्षमा निगमले ९ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
प्रतिक्रिया