बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेडदर खुकुलो बनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक समिक्षाका क्रममा राष्ट्र बैंकले निक्षेप र कर्जाको भारित औषत ब्याजदरको अन्तर अर्थात स्प्रेडदर घटाएको हो ।
राष्ट्र बैंकले बाणिज्य बैंकको सीडी रेसियो ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारिएको छ । वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने भएको छ ।
यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया