सरकारले अवलम्बन गरेको विषय सस्टेनेबल बनाउन सकेन : अर्थ सचिव उपाध्याय

सरकारले अवलम्बन गरेको विषय सस्टेनेबल बनाउन सकेन : अर्थ सचिव उपाध्याय


काठमाडौं – अर्थ सचिव घनश्याम उपाध्यायले यातायात क्षेत्र आधुनिक क्षेत्र रहेको बताएका छन् । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो डाइलग २०८१’ को ‘भेटिइन मोबिलिटी फर इकोनोमिक डेभलपमेन्ट’ सत्रलाई सम्बोधन गर्दै उनले अटो क्षेत्रले अर्थतन्त्रमा पनि सहयोग गर्ने बताएका हुन् ।

‘स्मार्टनेसको दृष्टिकोणले उचाइ लिनुपर्ने क्षेत्र हो । अटोलाई स्मार्ट र भेटिइन टाइपका मोडालिटिहरुलाई प्रमोट गर्नुपर्छ भन्ने सरकारको उद्देश्य हो’ उनले भने । उनले सरकारले सुरु गरेको अवलम्बन गरेको कुरा सस्टेनेबल बनाउन नसकेको स्वीकार गरे। उनले छुटेका कुराहरूलाई जोडेर पहिलेको भन्दा स्मार्ट भएर अघि बढ्न सहयोग पुर्‍याउने बताएका हुन् ।

पछिल्लो चरण हाइड्रोमा भएको उपलब्धि सरकारले गरेको प्रमोसनका कारण नै सम्भव रहेको भन्दै अर्थ सचिव उपाध्यायले सामाजिक इन्भेष्टमेन्ट मात्रै सरकारले गरेर अन्य क्षेत्रमा इन्भेष्टमेन्ट निजी क्षेत्रले गर्ने गरी काम गर्न सके अर्थतन्त्रमा पनि सहयोग मिल्ने धारणा व्यक्त गरे ।

‘निजी क्षेत्र नाफा खोज्ने यता सरकार पनि नाफा नै खोज्ने भयो’ उनले भने, ‘छिटो नाफा खोज्ने र ट्रेडिङ मात्रै गर्न रुचाउने निजी क्षेत्रको कारण नेपालमा पीपीपी मोडल पनि बलियो बन्न नसक्ने देखिन्छ ।’ सरकारसँग सिमित स्रोत र साधन रहेको भन्दै उनले निजी क्षेत्र इनोभेटिभ नभएसम्म इनोभेटिभ मोविलिटीमा काम गर्न नसकिने धारणा व्यक्त गरे ।