बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन कारोबारको दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । निर्वाचन अघिको अन्तिम कारोबारको दिन शेयर बजारमा आज २५.५७ अंकले बढेर १ हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.४० अंकले बढेर १ हजार ९ सय ११ दशमलब २६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ७१ करोड ५४ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ८५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयरमूल्य घटेको छ, २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
दुई कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । जस मध्ये सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले बढेर प्रतिकित्ता ३८८.४० रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३४७.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी हाइड्रोपावरको भएको छ । यसको आज १४ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया