राजस्व बाँडफाँट मार्फत आगामी वर्ष प्रदेश र स्थानीय तहलाई डेढ खर्ब, कुनलाई कति ?

राजस्व बाँडफाँट मार्फत आगामी वर्ष प्रदेश र स्थानीय तहलाई डेढ खर्ब, कुनलाई कति ?


काठमाडाैं- राजस्व बाँडफाँट माध्यमबाट आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र स्थानीय तहले ७८ अर्ब ८ करोड रुपैयाँ बजेट पाउने भएका छन् । आगामी आवमा ७५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँट अन्तगर्त ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने अर्थ मन्त्रालयको अनुमान छ ।

जसअन्तर्गत काेशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ, लुम्बिनीले ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, बागमतीले ११ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ, कर्णालीले १० अर्ब २७ करोड ३० लाख रुपैयाँ, सुदूरपश्चिमले ९ अर्ब ८७ करोड २५ लाख रुपैयाँ र गण्डकीले ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ पाउनेछन्।

राजश्व बाँडफाँटबाट आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै रकम काठमाडौं महानगरपालिकाले ३५ करोड ९४ लाख रुपैयाँ पाउने मन्त्रालयको अनुमान छ । पोखरा महानगरपालिकाले ३३ करोड ८ लाख, भरतपुर महानगरपालिकाले ३१ करोड ९१ लाख, वीरगन्ज महानगरपालिकाले २३ करोड ८७ लाख, विराटनगर महानगरपालिकाले २० करोड ५२ लाख र ललितपुरले २० करोड ४३ लाख रुपैयाँ पाउने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।