काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङर नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि आज पनि सुनुवाइ जारी छ। हेर्दाहेदैमा राखिएको रिटमाथि आज सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भइरहेको छ।
आजको सुनुवाइको तेस्रो दिन हो। सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। शाक्यले पदभार सम्हालिसकेका छन् । घिसिङले सरकारले आफूलाई बदनियतपूर्ण रूपमा कैरकानुनी तवरले हटाएको दाबी गरेका छन् । उनले आफूलाई काम गर्न दिन अन्तरिम आदेशको पनि माग गरेका छन्।
शाक्यले पनि सर्वोच्च अदालतमा रिट दिएका छन्। यसअघिको कार्यकालमा सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।
प्रतिक्रिया