कनेक्ट आइपिएसको चर्को शुल्कले ग्राहकहरु दिक्क, यसरी कम गर्न सकिन्छ शुल्क

कनेक्ट आइपिएसको चर्को शुल्कले ग्राहकहरु दिक्क, यसरी कम गर्न सकिन्छ शुल्क

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं  । 
डिजिटल कारोबारलाई तिब्रता दिने नाममा कनेक्ट आइपिएसले ग्राहकहरुसँग प्रतेक कारोबारको चर्को शुल्क लिने गरेको पाइएको छ । सामान्य लेखपढ गर्न सक्ने व्यक्ति नै अहिले डिजिटल कारोबारतिर आकर्षित भएको र त्यसलाई कमाईखाने अवसरको रुपमा लिएर यस कम्पनीले आम ग्राहकहरुसँग लिने शुल्क चर्को भएको बताईन्छ । डिजिटल कारोबारलाई अब सुविधा मात्रै नभएर आधारभूत आवश्यकता नै बनाउने उद्देश्य बोकेको यस संस्थाले सामान्य नागरिकलाई चर्को शुल्कको मारमा पारेको प्रष्टै देखिन्छ । डिजिटल भुक्तानीलाई सहज ठानेर, आवश्यकता ठानेर प्रयोग बढाउन थालेपछि यसको प्रयोग फराकिलो हुँदै त गएको छ तर चर्को शुल्कले आम प्रयोगकर्ता मारमा परेका छन । 

कनेक्ट आइपिएसको निर्धारित शुल्क यस्तो छ 

बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम अनुसार प्रति कारोबार २ देखि ८ रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ । ५ सय रुपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार २ रुपैयाँ, ५ सय भन्दा माथि ५ हजार रुपैयाँसम्म प्रतिकारोबार ४ रुपैयाँ र ५ हजार रुपैयाँभन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ कारोबार शुल्क लाग्छ ।  कनेक्ट आइपिएसबाट सरकारी राजस्व भुक्तानी गर्दा प्रतिकारोबार २ देखि ५ रुपैयाँसम्म शुल्क लाग्छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कनेक्ट आइपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत बढेको छ । उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या एक लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८ अर्ब ३० करोड रुपैयाँ हुने गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलेशमान सिंह प्रधान बताउँछन ।
\"\"
कारोबार शुल्कमा गरिएको परिवर्तनले वैकल्पिक च्यानलमार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने भन्दै कम्पनीले आम जनतालाई ठगिरहेको भेटिन्छ । तर यही कारोबार कुनै बैंक अथवा शाखामा पुगेर गर्दा कुनै कारोबारको शुल्कै लाग्दैन । यही कुरा सिइओ सिहंलाई प्रश्न गर्दा उनले घरमा बसी-बसी कारोबार गर्दा सहज हुने र आफुहरुले त्यसैको शुल्क लिने गरेको जिकिर गरे । मानौं एउटा ग्राहकलाई खानेपानी बिजुली र बिमाको भुक्तानी एकैदिन गर्नुपर्ने भयो भने उसले कम्तिमा पनि सय रुपैँया अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ । किनभने डिजिटल कारोबारकै नाममा पैसा भुक्तानी गर्दा प्रतेक पटक कनेक्ट आइपिएसले पैसा काट्छ । यो त व्यक्तिगत खर्च मात्रै भयो तर एउटा कुनै सानो व्यापारीले कम्तिमा पनि २० पटक दैनिक कारोबार गर्छ । त्यसको उसले प्रतेक कारोबारको रकम असुल गर्छ । त्यसले गर्दा उसले कम्तिमा पनि दैनिक ५ सयभन्दा बढि अतिरिक्त शुल्क तिर्छ । 

प्रत्येक कारोबारमा शुल्कै शुल्क 

काठमाडौंको एक एडभट्राइजिङ्ग एजेन्सीको एकाउन्टमा काम गर्ने ममता थापाले कनेक्ट आइपिएसको प्रतेक दिनको शुल्कले हैरान भएको सुनाइन । उनि भन्छिन, ‘मैले प्रतेक दिन करिब २० वटा भन्दा बढि कारोबार गर्छु । कहिले ४ रुपैँया कहिले ८ रुपैँया लिएको लिएै गर्दा मैले कम्तिमा पनि कनेक्ट आइपिएसलाई दिनकै २ सय भन्दा बढि अतिरिक्त शुल्क र्तिछु । बजारमा कनेक्ट आइपिएस सस्तो छ भनेको सुनेर यसको प्रयोग गरेकी हुँ ।’ त्यसो त बजारमा डिजिटल कारोबारीको संख्या बढेको बढ्यै छ । काठमाडौंमै बसेर सानो ब्यावसाय गरेका नविन सुवेदीले आफ्नो कम्पनीका साना साना भुक्तानी कनेक्ट आइपिएसबाट गर्छन । उनले दैनिक कम्तिमा पनि १५ वटा फरक फरक ट्रान्जेक्सन गर्छन । यसमा दैनिक कनेक्ट आइपिएसले ५०० भन्दा बढि रकम शुल्कको रुपमा काट्ने उनको दावी छ । यस्तै काठमाडौंको सितापाइलाकी रविना श्रष्ठ सानो व्यवसाय चलाउँछिन । उनले पनि कनेक्ट आइपिएसबाट कारोबार गर्छिन । तर उनी त्यसले लिएको शुल्कबाट खासै सन्तुष्ट छैनन । 

शेयर कारोबारमा आफ्नै ‘कोल्याट्रल लोड’ गर्दा पनि शुल्क 

अहिले नेपालमा शेयर लगानीकर्ताहरु ५३ लाख भन्दा बढि छन । दैनिक शेयर कारोबार गर्नेको संख्या लाखौँमा छ । शेयर कारोबार गर्दा अथवा भनौं शेयर खरिद गर्दा उसले आफ्नो धितो (टिएमएस) मा अर्थात कुनै ब्रोकर कम्पनीमा लोड गर्नुपर्ने हुन्छ । यसमा ब्रोकर कम्नीमै खुद हाजिर भएर लोड गर्यो भने ठिकै छ उसले कुनै अतिरिक्त शुल्क लिनु पर्दैन । तर यदी कसैले आफ्नो बैंक एकाउन्ट कनेक्ट आइपिएसमा लिंक गराएर घरबाटै कोल्याट्रल लोड गर्दा शुल्क लाग्छ । यो शुल्क कनेक्ट आइपिएसले लिन्छ । आज लाखौंको शंख्यामा शेयर कारोबार गर्नेहरुले सबै नभनौं कम्तिमा पनि २५ लाख मानिसले शुल्क तिर्दा कम्तिमा पनि एउटा कारोबारको औसतमा ४ रुपैँया शुल्कको हिसाबले दैनिक लाखौं रुपैयाँ शुल्क कनेक्ट आइपिएसलाई जान्छ । यदी यसको शुल्क एउटा कारोबारको १ रुपैँया मात्रै लिने हो भनेपनि दैनिक हजारौं रुपैयाँ शुल्क कनेक्ट आइपिएसले लिन्छ । यो त यउटा शेयर कारोबारका बेला कोल्याट्रल लोड गर्दा मात्रै लाग्ने शुकको विषय हो । तर यहाँ त प्रतेक पटक शुल्क लिइएको छ । 

यसरी कम गर्न सकिन्छ शुल्क 

नेपाल राष्ट्र बैंकले गत भदौंमा सार्वजनिक गरेको तथ्याङक अनुसार एक महिनामा ३८ लाख भन्दा बढिको संख्यामा कनेक्ट आइपिएसमार्फत कारोबार गरेका छन । सोही तथ्याङक अनुसार गत भदौ महिनामा २ खर्ब ९२ अर्ब भन्दा बढि रकमको कारोबार गरेको छ । यही तथ्याङकलाई आधार मान्दै सामान्य हिसाब गर्ने हो भने कनेक्ट आइपिएसले एक महिनामा मात्रै औसतमा १० देखि १५ करोड रुपैँया आम ग्राहकसँग शुल्क असुल गर्दछ । यदी कनेक्ट आइपिएसले लिने शुल्क बढिमा २ रुपैँया मात्रै भयो भने मात्रै पनि एउटा कम्पनी चल्ने पैसा त आइहाल्छ । यता डिजिटल कारोबारकै कारणले फेरि कम्पनीको अपरेटिङ्ग कस्ट (संचालन खर्च) आधाभन्दा बढि घट्छ । तर आम मानिसलाई भने यो कुरा थाहै छैन । उनीहरुले त जाबो १०/१५ रुपैँयामा के किचलो गर्नु भन्दै मन थाम्दै बसिरहेका छन । 

लकडाउनपछि बढेको आकर्षणको फाइदा उठाउँदै भुक्तानी सेवा प्रदायक 

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत कुल ५ खर्ब ३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार छ । राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबारको संख्या र कारोबार रकम अघिल्लो महिनाको तुलनामा बढेको छ । असोज महिनामा कनेक्ट आईपीएसमार्फत कुल ३८ लाख २१ हजार २७७ ओटा कारोबार हुँदा दुई खर्ब ९२ अर्ब ५४ करोड रुपैयाँ कारोबार भएको छ । त्यस्तै दुई लाख ६६ हजार ४३५ पटक भएको इन्टरनेट बैंकिङ्ग कारोबारमार्फत १५ अर्ब ६३ करोड रुपैयाँ कारोबार भएको तथ्याङक छ ।  यो अवधिमा मोबाइल बैंकिङमार्फत दुई करोड छ लाख ४८ हजार २६८ पटक कारोबार भएको छ ।

यसमार्फत एक खर्ब ४६ अर्ब १४ करोडभन्दा बढी रकम कारोबार भएको देखिन्छ ।त्यस्तै वालेटमार्फत यो अवधिमा १७ अर्ब ६३ करोड बराबरको कारोबार भएको छ । त्यसका लागि एक करोड ६२ लाख पाँच हजार ४८७ पटक कारोबार भएको देखिन्छ । अघिल्लो महिनाको तुलनामा असोजमा क्यूआरमार्फत झन्डै छ लाखभन्दा बढी पटक कारोबार भएको छ । यो अवधिमा कुल ५२ लाख पाँच हजार ८०४ पटक कारोबार भएको छ । जसमार्फत १५ अर्ब दुई करोड रुपैयाँको कारोबार भएको छ । कोरोना महामारी बढेपछि मौलाएको डिजिटल कारोबारको ब्यापार यतीबेला साना भुक्तानी सेवा प्रदायकहरुले फाइदा उठाइरहेका छन । सानो सानो सुल्कको नाउमा आम नागरिहकहरुलाई आफुतर्फ खिचिइरहेका छन । उनीहरुले यसलाई नै कमाइखाने बाटो बनाउँदै जनताको रकमको कुनै प्रवाह नै नगरी खुलेआम शुल्क असुल गरिरहेका छन ।