एक वर्षमै २० करोड डलर बढ्यो विनोद चौधरीको सम्पत्ति, मस्क संसारकै धनी

एक वर्षमै २० करोड डलर बढ्यो विनोद चौधरीको सम्पत्ति, मस्क संसारकै धनी


काठमाडौं – नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति गत वर्षको तुलनामा यस वर्ष २० करोड अमेरिकी डलरले बढेको छ । चर्चित म्यागजिन फोर्ब्सका अनुसार सन् २०२४ मा १ अर्ब ८० करोड अमेरिकी डलर रहेको उनको सम्पत्ति यस वर्ष बढेर २ अर्ब डलर पुगेको छ ।

यस्तै, विद्युतीय कार निर्माता टेस्लासहित सात कम्पनीका संस्थापक इलन मस्कले संसारकै धनीहरूको सूचीको पहिलो स्थानमा परेका छन् । विश्वभरिका अर्बपतिहरू सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष २०२५ का लागि तयार पारेको सूचीमा मस्क ३ खर्ब ४२ अर्ब अमेरिकी डलर सम्पत्तिसहित पहिलो स्थानमा परेका हुन् ।

अमेरिकाका ५३ वर्षीय मस्क टेस्ला, रकेट निर्माता कम्पनी स्पेस एक्स, आर्टिफिसियल इन्टिलिजेन्स स्टार्टअप एक्सएआई लगायत सात कम्पनीका मालिक हुन् । त्यस्तै, सामाजिक सञ्जाल एक्स (ट्विटर) पनि उनको कम्पनी हो । फोर्ब्स सूचीको दोस्रो नम्बरमा २ खर्ब १६ अर्ब डलर सम्पत्ति सहित सामाजिक सञ्जाल फेसबुकका सञ्चालक मार्क जुकरबर्ग परेका छन् । (एजेन्सी)