बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकको ६ लाख ५९ हजार १७० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी लिलामीमा आएको छ । बैंकले संजय कुमार शारदाको नाममा रहेको ४ लाख ९० हजार ६२७ र हाथवे इन्भेष्टमेण्ट नेपालको नाममा रहेको १ लाख ६८ हजार ५४३ कित्ता शेयर पहिलो चरणमा विद्यमान संस्थापकहरूमा विक्री खुला गरी वितरण हुन नसकेपछि दोस्रो चरणमा सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
यो शेयर खरीद गर्न इच्छुक गैर संस्थापक एवम् संस्थापक शेयरधनीहरूले समेत आगामी सातदिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा दिनुपर्ने जानकारी सुचना मार्फत गराईएको छ ।
प्रतिक्रिया