परिणाममुखी मार्गदर्शनको खाका कोरेको गरिमा र सिइओ गोविन्दको त्यो कुशल नेतृत्व

परिणाममुखी मार्गदर्शनको खाका कोरेको गरिमा र सिइओ गोविन्दको त्यो कुशल नेतृत्व

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।
गरिमा विकास बैंकको स्थापना वि.स २०६४ श्रावण २२ गतेबाट स्याङ्जाको वालिङ् यस बैंकले औपचारिक रुपमा स्थापना भएको थियो ।सुरुवाती चरणमा ग्रामिण भेगमा रहेका जनसमुदायलाई आर्थिक चलायमान बनाउने उदेश्यले स्थापना भएको गरिमाले हाल विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति, संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै पनि आईरहेको छ ।  ग्रामिण भेगका वासिन्दाहरु बैंकिङ्ग सेवाबाट बञ्चित थिए । दुरदराजको गाउँमा बैंकिङ्ग सेवाको पहुँच नपुगेको साथै, बैंकिङ्ग सेवा लिनकै लागि भनेर केन्द्रसम्मको बाटो तय गर्नुपर्ने बाध्यात्मक स्थितिमा गरिमा विकास बैंकले ग्राहकहरुको सुविधामा ठुलो टेवा पुर्याएको छ ।  

स्थापनाकालको केही बर्षसम्म गरिमा विकास बैंकले हालको लद्युवित्तजस्तो मोडल बनाएर दुरदराजका गाउँमा आफ्नो पहुँच बढायो । सो बैंकले बैंकिङ्गको काम मात्र गरेन ताकि समुदाय स्थरमै पुगेर साना–साना समूह बनाएर विना धितो लगानी पनि गर्न सुरु गर्याे । समुदाय स्तरमा गई महिला, मध्यम आयस्रोत भएका जनता तथा साना–साना कृषि व्यवसाय लगायतका उत्पादनशिल क्षेत्रमा लगानी पनि सुरु गर्यो । गाउँमै केही गर्छु भन्ने व्यक्ति तथा संस्थाहरुलाई गरिमाले विना धितो लगानी दिएर सहयोग पनि गर्यो । कर्जा प्रवाहमा गरिमा विकास बैंकले ग्रामिण भेगका जनतालाई पनि आर्थिक उन्नतीको बाटोमा ल्याउँन पहल गर्यो । काम कार्यक्षेत्र ग्रामिण भेगमा बनाएको यस गरिमा विकास बैंकको स्तरमा सुधार हुँदै देशको राजधानीमा समेत केन्द्रित भई हाल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आफुलाई उभ्याउँन सफल भएको छ । साँच्चै भन्दा गरिमा विकास बैंकले साना–साना किसान तथा व्यवसायीलाई प्रोत्साहन गरेको पाइन्छ ।  

\"\"

अनेक बाधा पन्छाउँदै गरिमा विकास बैंक आजको स्थितिमा आउँनुको मुख्य श्रय भने बैंकका नेतृत्वकर्ता र कर्मचारीलाई जान्छ । यो कुरा लामो समयदेखि बैंकको नेतृत्व गर्दै आएका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल स्वीकार्छन । उनी भन्छन, ‘ग्रमिण क्षेत्रमा रहेको एउटा विकास बैंकलाई स्थापित बनाउन नेतृत्वकर्ताको धेरै योगदान रहेको छ । थोरै समयमा धेरै प्रगतिको शिखरमा पुग्न सफल विकास बैंकको रुपमा गरिमा विकास बैंक पनि एक हो । जसले हाल प्रविधी, सेवा सुविधाको टृष्टिले पनि गरिमाले वाणिज्य बैंकहरु झौ सेवा सुुविधा प्रदान गर्दै आईरहेको छ ।’

यसमा साथै धेरै विकास बैंकले आफ्नो अस्थित्व अरु विकास बैंकमा विलय (मर्जर) गराएका छन् । तर गरिमा विकास बैंकले सुभेश्रा विकास बैंक र निलगिरी विकास बैंकलाई आफ्नो स्वामित्वमा ल्याएर गरिमा विकास बैंकलाई अझ बलियो बनाएको छ । विशेषगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालको कुशल नेतृत्वले बैंकको पुँजी थप विस्तार गरेको पाइन्छ । बैंक हालै अर्बपति क्लबमा पनि प्रवेश गरि देशैभर १२० शाखा कार्यालय स्थापना गरिसकेको छ । जसमा एउटा एक्स्टेन्सन काउन्टर र ५१ वटा एटिएम काउन्टर हाल सञ्चालनमा रहेको बैंक बताउँछ । 

छोटो समयमै अर्बपति क्लबमा 

अघिल्लो आर्थिक २०७८ ७९ मा गरिमा विकास बैंक अर्बपति क्लबमा प्रवेश गरिसकेको छ । छोटो समयमै आम प्रयोगकर्ताको मन जित्दै बैंकले १ अर्ब ५ करोड कुल नाफा आर्जन गर्न सफल भएको छ । यसका साथै बैंक कतिसम्म बलियो बनिसकेको छ भन्ने कुरा अन्य बित्तिय सुचाकांकहरुले नै पुष्टि गर्छ । अघिल्लो आर्थिक बर्षको अन्तसम्ममा गरिमा विकास बैंकको चुक्ता पुँजी ४ अर्ब  ५७ करोड छ । त्यस्तै रिजर्भ २ अर्ब ४ करोड छ भने निक्षेप लगानी ७० अर्ब ४४ करोड छ । साथै, कर्जा प्रवाह ६१ अर्ब १७ करोड, १ अर्ब ५ करोड कुल नाफा बैंकको रहेको छ । भने ब्याज आम्दानी २ अर्ब ६१ करोड रुपैया रहेको बैंकको तथ्यांकमा उल्लेख छ । 

\"\"

कृषकदेखि उद्योगी सम्मलाई कर्जा प्रवाह 

गरिमा विकास बैंकले उद्योगपति देखि कृषकसम्मलाई ऋण प्रवाह गरिरहेको छ । कृषि क्षेत्रमा केही गर्ने उद्यमीलाई विना धितो प्रवाह गर्न पनि बैंक पछि हट्दैन । कृषि उत्पादनको कुरा आउने वित्तिकै बैंक ऋण दिएर सहयोग गर्न बैंक पुगिहाल्छ । कुनै व्यक्ती वा संस्थाले कुनै उत्पादशिल क्षेत्रमा लगानी गर्छु भन्नेलाई बैंकले रोक्दैन । अझ बैंकले महिला उद्यमीलाई विशेष हेरचाह गर्ने गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय बताउँछन । उनले अहिले बैंकले हजारौंको संख्यामा महिला उद्यमीहरुलाई विना धितो कर्जा प्रवाह गरेको बताउँछन । उनी भन्छन, ‘उद्यमी बन्न चाहने नवयुवा तथा उद्योगी व्यवसायीहरुलाई पनि ऋण उपलब्ध गराई रहेको छ । १० हजार देखि १ अर्ब सम्म गरिमा विकास बैंकले ऋण उपलब्ध गराएको छ ।’  साथै, ऋणीले कुनै नयाँ योजना ल्याएर प्रस्तुत गरेको खण्डमा योजनाको लागि आवश्यक पर्ने रकम समेत उपलब्ध गराउँदै आएको छ गरिमा विकास बैंकले । 

ग्रामिणमै जाऔं र केही गरौं भन्ने सोच

गरिमा विकास बैंकले मुलुकको आर्थिक विकासका लागि पहिले आन्तरिक स्रोतको जगेडा गरौँ भन्नेतर्फ ध्यान दिएको छ । सरकारले शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानले सफलता पाइरहेको छ । पूँजी निर्माण र बैंकिङ्ग पहुँच पुर्याउने तर्फ यो एउटा सुवर्ण अवसरको साथै खर्च गर्ने मात्रै होइन बचत गर्ने बानिको पनि विकास गर्ने अभियान हो । ‘खोलौँ खाता’ भन्ने नाराले बैंकिङ्ग उद्योगलाई सहयोग गरेको छ । यस्तो अभियानलाई गम्भिरतापूर्वक लिँदै बैंकले राजधानीमामात्रै नभई देशका कुना कुनाबाट सेवा दिने प्रयत्न गरिरहेको छ । सपना दूरदराजमा छन्, चाहना गाउँमा छन्, शहरोन्मुख क्षेत्रमा छन् भन्ने सोँच बैंकको छ । मानिसले नयाँ सोच शहरको भीडभन्दा पर प्रतिबिम्बित गरेका छन् । बैंकले अरू संस्थालाई गाभ्दा पनि ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेका वित्तीय संस्थालाई ध्यान दिएको छ । तसर्थ लगानी शहरभन्दा पर जरुरी भइसकेको छ ।

\"\"

कृषि कर्जामा विशेष प्राथमिकता 

कृषि उत्पादनको लागि यस बैंकले कृषि कर्जाको समेत व्यवस्था गरेको छ । जसमा तरकारी, फलफुल, पशुपालन, कुखुरा, दुग्ध, माछा आदि कृषि उत्पादनशिल क्षेत्रमा लाग्न चाहनेहरुको लागि ऋण उपलब्ध गर्दै आएको प्रवक्ता उपाध्याय बताउँछन । कृषि कर्जाको अवधि १ बर्षदेखि १० बर्षसम्म रहेको हुन्छ । यसले गर्दा ऋणीहरुको लागि पनि थप सहजता प्रदान गरेको छ । हातमा शिप भएकाहरुलाई अटो कर्जाको रुपमा पनि बैंकले कर्जा उपलब्ध गराउँछ । जसमा नयाँ सवारी साधनमा कोटेशनको ५० प्रतिशत र विद्युतिय सवारी साधनको कोटेशनमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्छ । यसको अवधी पनि १० बर्षसम्म छ भने कर्जा भुक्तानी मासिक किस्ता अनुसार गर्न सकिन्छ । यस्तै अन्य उत्पादनमुलक क्षेत्रमा पनि बैंकले लगानी गरेको प्रवक्ता उपाध्य बताउँछन । 

\"\"

बैंकिङ्ग सुरक्षाका सवालमा ‘नो कम्परमाईज’ 

विश्वभर नै साइबर सुरक्षाको विषय अहम् बनेको छ । जस्तोसुकै सुरक्षा प्रणाली जडान गरे पनि सुरक्षाको पर्खाल तोड्नेसँग त केही लाग्दैन । यतीबेला विश्वभर नै बैंकिङ सुरक्षाको प्रश्न उठिरहेको छ । बैंक विश्वासको व्यापार हुने क्षेत्र पनि हो । सुरक्षित महशुस नभएमा लगानीकर्ता र निक्षेकपर्ताको विश्वास पनि टुट्छ । केही समयपहिले चिनियाँ ह्याकरले बैंकिङ्ग प्रणाली नै झण्डै सिध्याएका थिए । यस्तोमा विकास बैंक भइकिन पनि गरिमा विकास बैंक सुरक्षा प्रणालीमा अत्यन्तै सचेत देखिन्छ । निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने दायित्व एकातिर छँदैछ, अर्कोतिर बैंकले आम जनमानसको सुनिश्चित भविष्यको बारेमा पनि ख्याल गरेको पाइन्छ । गरिमा विकास बैंक हरेक तवरले सुरक्षित छ । बैंकले सुरक्षाका लागि दुई–चार करोडको कम्परमाईज गर्ने पक्षेमा बैंक देखिँदैन ।’ केही रकम लोभ गर्दा ठूलो नोक्सानी व्यहोर्ने पक्षमा पनि बैंक छैन ।

\"\"

डिजिटल बैंकिङ्गमा अब्बल 

गरिमा विकास बैंकको मोबाइल बैंकिङ्ग काठमाडौं उपत्यकामा मात्रै ३० हजार रहेको छ । उपत्यका बाहिर २ लाख ५० हजार प्रयोगकर्ता रहेको बैंकका बजारीकरण विभाग प्रमुख रमेश रिजाल बताउँछन । उनले ग्राहकहरुको सरल, सुरक्षित एवंम् गुणस्तरीय सेवा सुविधा प्रवाह गर्नको लागि गरिमा स्मार्ट मोबाइल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको बताए ।  ग्राहकले मोबाइलबाट सजिलै गरिमा डिजि बटुवाको प्रयोग गरी बिल, धाराको बिल, इन्टरनेटको बिल, फोनको बिल, टिभिको बिल, विद्युतिय रिचार्ज तथा विभिन्न बिलको भुक्तानी गर्ने सुविधा प्रदान गर्दै आएको रिजालको भनाई छ । साथै, डिजि बटुवाले फोन–पे सँग समन्वय गरी ग्राहकहरुलाई सरल र सुरक्षित तबरले अन्तर बैंकिङ्ग कारोबारका साथै, क्यूआर कोड स्कान गरी किनमेलको भुक्तानी लगायतको सेवाहरु गरिमा डिजि बटुवा मोबाइल बैंकिङ्गबाट गर्न सकिने रिजाल बताउँछन । साथै, मोबाइल बैंकिङ्ग मार्फत दैनिक रुपमा २ लाख सम्म भुक्तानी गर्न सकिनेछ । 

सजिलै खोल्न सकिने अनलाईन खाता 

घर बाटै खाता खोल्ने सुविधामा पनि गरिमा विकास बैंक अन्य वाणिज्य बैंककै तुलनामा गन्न सकिन्छ यस विकास बैंकले अनलाईन विना झन्झटिलोको साथै, समयको बचत हुने भएकोले पनि अनलाईन खातालाई विस्तार गदै गएको हो । हाल सम्म गरिमा विकास बैंकमा अनलाईन खाता खोल्नेको संख्या १५ सय भन्दा माथि रहेको बैंकले जनाएको छ । 

गरिमा स्मार्ट टेलर 

गरिमा स्मार्ट टेलर क्यूआर कोडमा आधारित झन्झबाट मुक्त रहनुको साथै, ग्राहकले चेक र डेबिट कार्डको प्रयोगबिना नै आफ्नो खाताबाट रकम झिक्न सक्छन् । यो सेवाबाट ग्राहकवर्गलाई समयको बचत समेत हुने र प्रतिदिन १ लाख सम्म कारोबार गर्न सकिने छ भने प्रति महिना गरिमा स्मार्ट टेलरबाट १० लाख र प्रतिदिन कारोबार संख्या १०० जना सम्म गर्न सकिने सुविधा गरिमा स्मार्ट टेलरबाट पनि गर्न सकिन्छ ।

\"\"

‘कन्टर्याक्ट लेस’ कार्डको सुविधा 

गरिमाले ग्राहकको समयको ख्याल गर्दै क्यास काउन्टरमा उभिने समयको बचत गर्न र आफ्नो महत्वपूर्ण ध्यान दिन भिसा कन्टर्याक्ट लेस कार्डको सेवा दिँदै आएको छ । यस सेवाबाट प्रत्येक कारोबारमा २ हजार रुपैंयासम्म लेनदेन गर्न सकिनेछ । 

भेट्रान बैंकर गोविन्द ढकालको त्यो नेतृत्व 

गरिमा विकास बैंकलाई उचाइमा पुर्याउन व्यवस्थापन सदस्यको अब्बलतालाको पनि प्रमुख कारक हो । जसले बैंकलाई गतिमा लग्नको लागि मुख्य भुमिका ब्यावस्थापन पक्षकै हुने भएकोले गरिमा विकास बैंक आजको स्थितिमा आउँन सफल भएको हो । बैंकका सिइओ गोविन्द प्रसाद ढकालको विशेषगरी उल्लेखीय भुमिका पाईन्छ । अझ भनौं बैंकलाई यहाँसम्म ल्याईपुर्याउन उनको योगदान उच्च छ । सुरुवाती दिनमा ग्रामिण विकास बैंकको अधिकृत सातौ तहमा नाम निकालेका सिइओ ढकाल ग्रामिण विकास बैंकमा करिब १२ बर्ष काम गरे । 

\"\"पोखरामा शाखा कार्यालयमा म्यानेजरको रुपमा काम सुरु गरेका ढकाल ३६ बर्षकै उमेरमा गरिमा विकास बैंकको सिइओको रुपमा अगाडी आए । साना किसान विकास बैंकबाट करिअर सुरु गरेका गोविन्द प्रसाद ढकाल विकास बैंकहरुको छाता संगढन डेभलपमेन्ट बैंकर एशोसिएसन निर्वतमान अध्यक्ष पनि हुन । हालसम्म पनि उनकै नेतृत्वमा गरिमा विकास बैंक देश दौडाहामा निरन्तर अगाडी बढेको छ । 

बैंकका कर्मचारीहरुको काम प्रतिको जिम्मेवारीले पनि बैंकलाई उच्च दर्जामा सावित गर्न सहयोग गरेको सिईओ ढकाल स्वयंम बताउँछन । अझ भनौं उनकै नेतृत्वमा बैंकले कर्मचारीहरुको क्षमता विकासको लागि प्रशिक्षण तथा थुप्रै तालिमहरु पनि गर्दै आइरहेको छ । कर्मचारीहरुलाई सुहाउँदो तलब सुविधा मात्रै हैन समय समयमा बोनस तथा अतिरिक्त भत्ताको पनि व्यवस्था गरिएको ढकाल बताउँछन । जसको कारणले कर्मचारीलाई कामप्रति जिम्मेवारी बोध गराउन अभिप्रेरित गरेको छ ।