नेपाल – नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा सामाजिक सञ्जालको जिम्मेवार उपयोग गर्न आग्रह गरेको छ। बैंकले ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमरो’ नारासहित सचेतनामूलक सन्देश जारी गर्दै युवा पुस्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
केन्द्रीय बैंंकले सामाजिक सञ्जाल सूचना आदान-प्रदानको महत्त्वपूर्ण माध्यम भए पनि वित्तीय ठगीका घटनाहरू बढ्दै गइरहेकाले सामाजिक सञ्जालको जिम्मेवार उपयोग गर्न आग्रह गरेकाे छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधीहरूले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गर्नेक्रम बढेकाे पनि केन्द्रीय बैंकले उल्लेख गरेकाे छ ।
राष्ट्र बैंकले सामाजिक सञ्जालमा मित्रता वा सामान्य चिनजानकै भरमा वित्तीय कारोबार नगर्न आग्रह गरेको छ। बैंकले वित्तीय ठगीबाट बच्न सजग रहन, शंकास्पद लिंक वा अफरहरूमा प्रतिक्रिया नदिन, र अनलाइन ठगीका घटनाबारे सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ।






About Us
प्रतिक्रिया