बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटलद्धारा संचालित तीन सामूहिक लगानी कोष योजनाहरुले लाभांश घोषणा गरेका छन् । क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्ड ले इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश प्रदान गर्ने भएको छ ।
त्यस्तै क्यापिटलले संचालन गरेको खुल्लामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश प्रयोजनका लागि तीन ओटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा तीन ओटै फण्डहरूको लाभांश कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया डायनामिक डेप्ट फण्ड खुलामुखी योजना हो भने एनआईसी एशिया ग्रोथ फण्ड सात वर्षे अवधिको र एनआईसी एशिया ब्यालेन्सड् फण्ड १० वर्षे अवधिको बन्दमुखी योजना हो ।
प्रतिक्रिया