काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार मध्यरातमा प्रधानमन्त्री केपीशर्मा ओलीसँग गोप्य भेट गरेका छन् । राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिको रस्साकस्सीबीच गभर्नर अधिकारीले प्रधानमन्त्रीसँग गोप्य भेट गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री निजी निवास बालुवाटारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि थिए । बालुवाटार स्रोतका अनुसार ‘फोर्स लिभ’मा रहेका गभर्नर अधिकारी ८ बजे छिरेका थिए । त्यसको ४ घन्टासम्म बालुवाटारमै बसे र प्रधानमन्त्रीसहित अर्थमन्त्री पौडेलसँगको गोप्य भेट सकेर १२ बजे निस्किए ।
त्यसक्रममा गभर्नरमा अधिकारी आफैँ दोहोरिने विषयमा छलफल भएको हुन सक्ने स्रोत बताउँछ । यसबाहेक, अर्थमन्त्री नेतृत्वको सिफारिस समितिलाई सहजीकरण गर्ने गरी भावि गभर्नरको खोजी गरिएको हुन सक्ने पनि बताइन्छ ।
सत्ताधारी राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपाल प्रहरीको नेतृत्व र नेपाल राष्ट्र बैंकको नेतृत्व बाँडफाँडको सहमति भइसकेको छ । प्रहरी नेतृत्व कांग्रेसलाई र गभर्नर एमाले निकटलाई नियुक्त गर्ने गरी सहमति भएको छ । यहीअनुसार, एमाले निकटस्थ सम्भावित आकांक्षीहरुको दौडधुप तीव्र छ ।
प्रतिक्रिया