काठमाडौं – नागरिक लगानी कोषको खुद कोष मौज्दात २ खर्ब ७३ अर्ब ७२ करोड पुगेको छ । कोष स्थापनाको ३५ वर्षको अवधिमा झण्डै ३ खर्ब रुपैयाँ हाराहारी वित्तीय स्रोत संकलन गरेको हो ।
कोषका अध्यक्ष डा. सुर्यबहादुर थापाले सानो पूँजी संकलनमार्फत नै कोषले २ खर्ब ७३ अर्ब वित्तीय स्रोत संकलनमा सफल भएको बताए । २०४७ सालमा कोष स्थापना हुँदा सुरुवाती बचत २ करोड ४४ लाख रुपैयाँ मात्रै थियो ।
कोषमा हाल ६ अर्ब ४८ करोडको चुक्ता पूँजी छ । संस्थाले आफ्ना बचतकर्तालाई विभिन्न ७ प्रकारका स्किम प्रदान गर्दै आइरहेको छ । कोषको जगेडा कोषसहित सबै स्रोतबाट २ खर्ब ७३ अर्ब रुपैयाँको वित्तीय स्रोत संकलन भएको हो ।
कोषले यही वर्षको पुस मसान्तसम्म विभिन्न क्षेत्रमा २ खर्ब ६४ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषमा ६ लाख ५० हजार हाराहारी सेवाग्राही छन् ।
प्रतिक्रिया