नेप्से प्रमुखको अन्तरवार्ताका लागि ५ जना ‘सर्टलिस्टेड’, अन्तरवार्ता ६ गते


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत छनौटमा ५ जना ‘सर्टलिस्ट’मा परेका छन् । अर्थमन्त्रालयले दिएको जानकारीअनुसार नेप्सेका प्रमुख कार्यकारी अधिकृत छनौटका लागि ५ जना ‘सर्टलिस्टेड’ भएका हुन् ।

अर्थमन्त्रालयले नेप्सेको प्रमुखको पदपूर्ति गर्नका लागि फागुन १२ गते आवेदन मागेको थियो । तर, तोकिएको समयमा १ जनाभन्दा बढीको आवेदन नपरेपछि माघ १८ गते आवेदन दिने समय थपिएको थियो ।

समयसिमा थपेपछि १० जनाको आवेदन परेको थियो । नेप्सेको प्रमुख बन्न आवेदन दिएका १० जनामध्येबाट ५ जना ‘सर्टलिस्ट’मा परेका हुन् । उनीहरुलाई यही चैत ६ गते अन्तरवार्ताका लागि बोलाइएको छ ।

यी हुन् ‘सर्टलिस्ट’मा परेका आवेदक, पहिलो नम्बरमा चुडामणी चापागाईँ

‘सर्टलिस्ट’को पहिलो नम्बरका चुडामणी चापागाँई परेका छन् । अर्थमन्त्रालयले निकालेको सूचीअनुसार ५ जनामध्ये पहिलो नम्बरमा चापागाँई परेका हुन् । यस्तै, ‘सर्टलिस्ट’को सूचीमा चापागाँईसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका छन् ।